Madhes Khabar
राष्ट्रिय

मेरो नागरिकताबारे भइरहेको अनुसन्धानमा सघाउँछु : गृहमन्त्री रवि लामिछाने

मधेसखबर
वीरगन्ज,११पुस : नवनियुक्त गृहमन्त्री रवि लामिछानेले नागरिकता विवादबारे भइरहेको अनुसन्धानमा सघाउने बताएका छन्।

गृहमन्त्री भएपछि पदभार ग्रहणका क्रममा लामिछानेले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा कसैलाई दवाव नदिने बताएका हुन्।

लामिछानेले भने,‘म मन्त्री भएपनि मेरो अनुसन्धानमा निष्पक्ष सहयोग गर्छु। कुनैपनि कर्मचारीलाई दवाव दिने छैन’ लामिछानेले भने, ‘स्वतन्त्र रूपमा कार्य सम्पादन गर्नेछु। हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन।’

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोप लामिछानेमाथि लागेको छ।

उनीमाथि अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

यस्तै, लामिछानेले निर्मला पन्तको न्यायका लागि पहल गर्ने बताए। उनले क्याविनेटभित्र प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।साभार : अन्नपूर्णपोष्ट

Related posts

ब्रेक सु र भेपमा लुकाएर करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्कारी भएको सिआईबीको निष्कर्ष

MadhesKhabar

अफताब आलमलाइ थुनामुक्त नगर्न सर्वोच्चको आदेश

MadhesKhabar

स्वास्थ्यमन्त्री यादव आज स्वीट्जरल्याण्ड जाँदै

MadhesKhabar

Leave a Comment