Madhes Khabar
स्थानिय

बिपद पुर्वतयारी बारे पालिका स्तरीय ३ दिने कार्यशाला गोष्ठी वीरगन्जमा सुरु

मधेसखबर
वीरगन्ज ,१४ मंसिर : वीरगन्जमा तीन दिने पालिका स्तरीय कार्यशाला गोष्ठी बुधबार देखी सुरु भएको छ ।

होटेल कुमु प्यालेशमा स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी तथा प्रतिकार्य योजनाका लागि पालिका स्तरीय कार्यशाला गोष्ठी सुरु भएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, MERCY CORPS , NSET र EDUCATIONAL को प्राबिधिक सहयोग र शिक्षा बिकास निर्देशनालय मधेस प्रदेशको आयोजना गोष्ठी संचालन भएको हो ।
पालिका स्तरीय कार्यशाला गोष्ठीमा पर्साका पोखरीया नगरपालिका , जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा संयोजक र शिक्षक गरि २४ जना सहभागी भएका छ ।
पालिका स्तरीय कार्यशाला गोष्ठीको उदघाटन गर्दै पोखरीया नगरपालिकाका नगर प्रमुख प्रदुमन चौहानले स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी सम्बन्धि कार्यक्रम महत्त्वपूर्ण रहेकाले यसबारे सबैलाई जानकार हुने आवश्यक रहेको बताए ।

उनले गोष्ठीमा शिक्षकहरुले सिकेका सबै जानकारी शिक्षाको माध्यमले ब्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।

शिक्षा बिकास निर्देशनालयका रामप्रवेश साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा डिडिआरआरका फोकल पर्सन सुशील पण्डितले कार्यक्रम बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण पालिका कल्स्टर संयोजक मित्रदेव यादवले गरेका थिए ।

Related posts

माइस्थान सडककाे मुद्दा : महानगरको पक्षमा अदालतकाे आदेश

MadhesKhabar

ठाकुरराम क्याम्पस : मतपेटिकाको शिलबन्दी नम्बर नमिलेपछि विवाद, मतगणना अवरुद्ध

MadhesKhabar

रामभौरीभाथा टोलमा सालको गोलीया आराले चिर्दै गरेको अवस्थामा ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment