Madhes Khabar
स्थानिय

रामभौरीभाथा टोलमा सालको गोलीया आराले चिर्दै गरेको अवस्थामा ३ जना पक्राउ

वीरगन्ज,२५भदौं : पर्साको ग्रामीण भेगमा जंगलबाट अवैध फडानी गरि ल्याइएको सालको काठ चिरान गर्दै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाथा टोलमा सालको गोलीया काठ आराले चिर्दै गरेको अवस्थामा सोमबार दिउँसो ३ जना पक्राउ परेका हुन् ।

वन कार्यालयको टोलीले उक्त स्थानबाट ३ थान सालको चिरान काठपनि बरामद गरेको छ ।पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ घुसुकपुरका बिन्दा राय थारु,खेदारु दास थारु र प्रेम दास थारु रहेका छन् ।

बरामद ११ क्युबिक फिट चिरान काठसहित तीनै जनालाई डिभिजन बन कार्यालय पर्सामा पठाईएको सब डिभिजन बन कार्यालयका रेन्जर कपिलदेव यादवले जानकारी दिए ।

Related posts

वीरगन्जको विकासमा बाधक बन्दै सर्वोच्च अदालत : मेनरोड विस्तार मुद्धाको पेशी फेरि सर्यो

MadhesKhabar

पर्सामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण आइतबारदेखि

MadhesKhabar

मधेसका सिमान्तकृत महिलाहरुको लागि वीरगन्जमा १२ दिने पत्रकारीता तालिम सञ्चालन

MadhesKhabar

Leave a Comment