मधेसखबर
वीरगन्ज ,१३ मंसिर : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन्।
४० हजार ७८८ मत पाएर चौधरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गच्छदारले ३५ हजार ६०० मत ल्याए।
२०४८ सालदेखि निरन्तर चुनमव चुनाव लडेर जित्दै पटक-पटक मन्त्री समेत बनेका गच्छदारलाई यसपटक संसद भवन प्रवेशमा ब्रेक लागेको छ।
गच्छदारसँग लगातार दुई पटकसम्म झिनो मतान्तरले पराजित भएकी चौधरी यसपटक भने विजयी भइन्।

