Madhes Khabar
काेशी प्रदेश

माेरङ ६ मा काँग्रेसका शेखर काेइराला विजयी

फाइल फोटो

मधेसखबर
वीरगन्ज ,०९ मंसिर : मोरङकाे निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् ।

कोइराला, नेकपा एमालेका लालबाबु पण्डितलाई करिब १३ हजार मतले हराउँदै निर्वाचित भएका हुन् । काेइरालाले ३५ हजार २ सय १८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९ सय ३२ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।

गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।

Related posts

मोरङ २ : एमालेका पोखरेलसंग सुजाता कोइरालाको लज्जास्पद हार

MadhesKhabar

सुनसरीमा दुई समुदायबिच झडप, ६ राउण्ड गोली चल्यो

MadhesKhabar

अझै शान्त भएन सुनसरी,सदरमुकाम इनरुवासहितका ५ पालिकामा थप कर्फ्यू

MadhesKhabar

Leave a Comment