Madhes Khabar
काेशी प्रदेश

माेरङ ६ मा काँग्रेसका शेखर काेइराला विजयी

फाइल फोटो

मधेसखबर
वीरगन्ज ,०९ मंसिर : मोरङकाे निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् ।

कोइराला, नेकपा एमालेका लालबाबु पण्डितलाई करिब १३ हजार मतले हराउँदै निर्वाचित भएका हुन् । काेइरालाले ३५ हजार २ सय १८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९ सय ३२ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।

गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।

Related posts

पुर्व राजा ज्ञानेन्द्रलाई सँगै राखेर दुर्गा प्रसाईंले सुरू गरे आफ्नै अभियान

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

सुनसरीमा ट्रक दुर्घटना हुदाँ ५ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment