Madhes Khabar
स्वास्थ्य

एल. एस. न्युराे हस्पिटलमा आमा सुरक्षा कार्यक्रम लागु

मधेसखबर
वीरगन्ज ,११ मंसिर : बाराको परवानीपुर गाँउपालिका ५ नौतनमा रहेको एल.एस न्युरो अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालनमा रहेको आमा सुरक्षा कार्यक्रम संचालको अनुमती प्राप्त भएपछि कार्यक्रम लागु गरिएको अस्पताल व्यवस्थापन पक्षले आइतवार पत्रकार सम्मेलनको आयोना गरी जानकारी गराएको हाे ।

स्वास्थ्य सेवा विभागबाट स्वीकृति पाएपछि अस्पतालमा आमा सुरक्षा कार्यक्रम सन्चालन गरिएको पत्रकार सम्मेलनमा अस्पतालका संचालक डाक्टर वरिष्ठ न्युरो सर्जन श्यामबाबु प्रसाद पटेलले बताए ।आमा सुरक्षा कार्यक्रम लागु भएसँगै एल.एस न्युरो अस्पतालबाट निशुल्क प्रसूति सेवा उपलब्ध गराईएकाे डाक्टर पटेलले बताए ।यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधी निर्देशिका २०७८ मा भएको व्यवस्था अनुसार अन्य सेवा पनि प्रदान गरिने उनले बताए ।

वीरगन्जको प्रतिमा चौकदेखि कलैया जाने बाटोमा रहेको यस एल. एस. न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि.मा २४ सै घण्टा इमर्जेन्सी सेवा, न्यूरो सर्जरी र यूरोलोजी, स्त्री रोग तथा प्रसुती सेवा, ल्याप्रोस्कोपी सर्जरी, इन्डो यूरोलोजी, जेनरल सर्जरी, मुटु रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग, दांत तथा गिजा सम्बन्धि रोग, दुखाई व्यवस्थापन, जेनरल फिजिसियन एण्ड एण्डोक्रीनोलोजिस्ट, नाक, कान र घाटी, इन्डोस्कोपी, फिजियोथेरेपी, डिजिटल एक्सरे लगाएत आई सी यू तथा भेनटिलेटर, नवजात शिशुको लागि एन. आई. सी. यू तथा भेन्टिलेटर सेवा,भिडियो एक्सरे, इकोकार्डियोग्राफी प्रयोगशाला तथा पैथोलोजी टि. एम. टि. हल्टर ए.बि.पी.एम डायलायसिस सहितको विभिन्न किसिको स्वास्थ्य सेवा तथा उपाचारहरु हुँदै आएको डा. पटेलले बताए ।

पत्रकार सम्मेलनमा एलएस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लिका संचालक डा. पटेलले वीरगन्जमा अन्य अस्पतालहरुमा नभएको सेवाहरु संचालन गरि रहेको  बताए ।

नेपालकै ख्यातीप्राप्त डाक्टरहरुको टिमले अस्पतालमा बिरामीहरुलाई सुलभ शुल्कमा सेवा प्रादान गरि रहेको अस्पतालले निकट भबिष्यमा अन्य थप सेवाहरु पनि संचालन गर्दै जाने लक्ष्य लिएको डा. पटेलले बताए ।

पत्रकार सम्मेलनमा एल.एस. न्युरो एन्ड जनरल हस्पिटल प्रा.लि. का प्रबन्धनिर्देशक रामप्रबेश प्रसाद कुर्मी स्त्री तथा प्रसोती रोग विशेषज्ञ डा.तरन्नुम अफरोज,डा. एनी पाण्डे,अस्पतालका मेट्रोन पिकं सिंन्हा लागयतको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्ज हेल्थकेयर हस्पिटलमा चारतारे हाेटलकाे सुविधा सरहकाे १० वटा डिलक्स केबिन सञ्चालन

MadhesKhabar

नारायणी अस्पतालको सरकारी क्वार्टर १५ वर्षदेखि गैरनर्स र डाक्टरहरूको कब्जामा

MadhesKhabar

स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर पर्सामा एक जनाकाे मृत्यु 

MadhesKhabar

Leave a Comment