Madhes Khabar
मधेस प्रदेश

महोत्तरी २ मा लोसपाका शरतसिंह भण्डारी पुन निर्वाचित

मधेसखबर
वीरगन्ज, ०९ मंसिर : महोत्तरीको निर्वाचन क्षेत्र नम्बर –२ को प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार शरत सिंह भण्डारी पुन निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का उम्मे.दवार विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए ।

यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

Related posts

यी हुन् यसपालि मधेसमा चुनाव हारेका १८ पूर्वमन्त्रीहरु

MadhesKhabar

मधेस : ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर कालोमोसो दले

MadhesKhabar

राैतहटमा अत्याधुनिक पेस्ताेल लगायतका हतियारसहित एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment