Madhes Khabar
मधेस प्रदेश हेडलाइन

काँग्रेसका जनार्दन सिंह क्षेत्री फराकिलो भारी मतान्तरले विजयी

मधेसखबर
वीरगन्ज,०७ मंसिर : गत निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ को (ख) को प्रदेशसभा सदस्यमा झिनो मतान्तरले पराजित भएका नेपाली काँग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्री यसपालि भने निर्वाचित भएका छन् ।

काँग्रेसका जिल्ला सभापति समेत रहेका सिंह यसपालि २ हजार ६ सय भन्दा बढि मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
सिंह १० हजार १ सय ७२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी जसपाकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतको अन्तरले पराजित गर्दै सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । सिंह १० हजार १ सय ७२ .मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी डा. गुप्ताले ७ हजार ४ सय ९६ मत पाएकी छन् । यसअघि जितेका नेकपा एकिकृत समाजवादीका उम्मेदवार प्रहलाद गिरीले भने ६ हजार ५ सय ३ मत मात्रै पाएका छन् ।

२०७४ को निर्वाचनमा सिंह , पर्सा ३ (ख) कै प्रदेशसभा सदस्यमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार प्रहलाद गिरिसंग ९५ मतको झिनो मतान्तरले मात्रै पराजित हुन पुगेका थिए । त्यस बेला गिरि ६ हजार ३ सय ४५ मतका साथ विजयी हुदा सिंहले भने ६ हजार २ सय ५० मत पाएका थिए ।

Related posts

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार रातारात बर्खास्त

MadhesKhabar

पर्सा २ काे सांसदमा एमालेबाट पूर्ब मेयर सरावगीकाे नाम सिफारिस

MadhesKhabar

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

MadhesKhabar

Leave a Comment