Madhes Khabar
राजनीति

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रुपेशमान अगाडि

मधेसखबर
वीरगन्ज,०५ मंसिर ः पर्सा क्षेत्र नम्बर २ को (ख) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, २८१८ मत गनिसक्दा लाल्टीन छापका स्वतन्त्र उम्मेदवार सिंहले ७०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।
दोश्रो स्थानमा रहेका गठबन्धनका लोसपा उम्मेदवार रमेश कुर्मीले ६५२ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा सिंह ५५ मतले अगाडि छन् । एमालेका उम्मेदवार हरेराम पटेल ६०४ मतका साथ तेश्रो स्थानमा छन् ।

Related posts

मधेसीको समस्या बुझ्न रास्वपाले मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने

MadhesKhabar

जनतामा भरोसा जाग्ने गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन

MadhesKhabar

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

MadhesKhabar

Leave a Comment