Madhes Khabar
राजनीति

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं,१८बैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने निर्णय गरेको छ। रास्वपाको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।

नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो । लामिछाने चितवन–२ बाट उपनिर्वाचनमा पुननिर्वाचित भएपछि अर्यालले संसद दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए ।साभार : अन्नपूर्ण पोष्ट

Related posts

तीनकुने घटना बारे छानबिन गर्न वीरगन्जका देवेन्द्रलाल नेपालीकाे संयाेजकत्वमा आयोग गठन

MadhesKhabar

पर्सामा जनमत पार्टीको संगठन विस्तार अभियान तिब्र

MadhesKhabar

पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

MadhesKhabar

Leave a Comment