Madhes Khabar
स्थानिय हेडलाइन

बारामा परालकाे ओछ्यानमा सुतेर चुनाव गराउदै कर्मचारी

मधेसखबर
वीरगन्ज ,०२ मंसिर : बाराको दक्षिणी क्षेत्रमा रहेको कवलपुर मतदान केन्द्रका कर्मचारीहरु यतिवेला परालमै सुतेर निर्वाचन गराउँदै छन्।

सिम्रनगढ नगरपालिकाको सीमावर्ती वडा नम्बर ७ मा रहेको उक्त मतदान केन्द्र अति संवेदनशील केन्द्र हो। निर्वाचनका बेला सीमानाका सिल गरिए पनि खुल्ला सिमानाका कारण उक्त केन्द्र अति संवेदनशील क्षेत्रमा पर्दछ।

१० जना प्रहरी र ११ जना अन्य कर्मचारी खटिएका उक्त केन्द्र सीमा क्षेत्रबाट करिब आधा किलोमिटर मात्र उत्तरतर्फ रहेको छ। आसपासमा घर नहुनुका साथै मतदानस्थल निर्माण र सुरक्षा गर्नुपर्ने भएकाले आफूहरू यहीँ बस्नुपर्ने निर्वाचन अधिकृत लालबाबु प्रसाद यादवले बताए।साभार: नयाँपत्रिका

Related posts

बाराकाे तामागढी गेट नजिक माेटरसाइकल दुर्घटना हुदाँ चालककाे मृत्यु

MadhesKhabar

म कानुनमन्त्री भएकै बेला आमाको नामबाट नागरिकता दिने कानुन पास भएको हो : पूर्वमन्त्री चैरसिया

MadhesKhabar

व्याक्तिकाे नाममा दर्ता गराइएको ४ बिघा सार्वजनिक जग्गा जगरनाथपुर गाँउपालिकाले गरायाे फिर्ता

MadhesKhabar

Leave a Comment