Madhes Khabar
स्थानिय हेडलाइन

बारामा परालकाे ओछ्यानमा सुतेर चुनाव गराउदै कर्मचारी

मधेसखबर
वीरगन्ज ,०२ मंसिर : बाराको दक्षिणी क्षेत्रमा रहेको कवलपुर मतदान केन्द्रका कर्मचारीहरु यतिवेला परालमै सुतेर निर्वाचन गराउँदै छन्।

सिम्रनगढ नगरपालिकाको सीमावर्ती वडा नम्बर ७ मा रहेको उक्त मतदान केन्द्र अति संवेदनशील केन्द्र हो। निर्वाचनका बेला सीमानाका सिल गरिए पनि खुल्ला सिमानाका कारण उक्त केन्द्र अति संवेदनशील क्षेत्रमा पर्दछ।

१० जना प्रहरी र ११ जना अन्य कर्मचारी खटिएका उक्त केन्द्र सीमा क्षेत्रबाट करिब आधा किलोमिटर मात्र उत्तरतर्फ रहेको छ। आसपासमा घर नहुनुका साथै मतदानस्थल निर्माण र सुरक्षा गर्नुपर्ने भएकाले आफूहरू यहीँ बस्नुपर्ने निर्वाचन अधिकृत लालबाबु प्रसाद यादवले बताए।साभार: नयाँपत्रिका

Related posts

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

वीरगन्जमा हैजाका बिरामीहरु भेटिएपछि महानगरद्वारा रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन

MadhesKhabar

वीरगन्जका दुई पूर्व वडाध्यक्षसहित आठ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

MadhesKhabar

Leave a Comment