Madhes Khabar
राजनीति

म विकास र समृद्धिकाे कुरा गर्छु , विराेधीहरु दुष्प्रचार गर्छन् : डा. मधु

मधेसखबर
वीरगन्ज ,२९ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेशसभा सदस्यकी उम्मेदवार डा मधु गुप्ता कुर्मीले आफ्नो जित सुनिश्चित भएको देखेर केही व्यक्तिहरुले अत्तालिएको र उनीहरु आफ्नो विरुद्धमा निराधार कुप्रचारमा लागेको बताएकी छन् ।

तर, आफ्नो क्षेत्रका मतदाता सचेत भएकाले त्यस्ता निराधार हल्लाको पछि नलाग्ने उनले विश्वास व्यक्त गरेकि छन् । चुनावी घरदैलोको क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै डा. मधुले विरोधीले आफूविरु गलत प्रचार गरे पनि त्यसले मतदाता झन आफ्नो पक्षमा लागेको दाबी गरिन् ।

‘पर्साका मतदाता परिवर्तनको पक्षमा हुनुहुन्छ । सचेत मतदाता के सही र के गलत आफैं छुट्याउन सक्नु हुन्छ । कसैले मेरो विरुद्धमा अफवाह फैलाएर मत प्रभावित गर्न खोज्छ भने त्यस्ता तत्वलाई मैले होइन, मतदाताले आफ्नो मतमार्फत जवाफ दिनुहुन्छ,’ उनले भनिन् ।

Related posts

मधेस आन्दोलनका सहिदकी आमालाई भेटेर जनमतका उम्मेदवार सर्राफले भने : सहिदका सपना अधुराे रहन दिन्न

MadhesKhabar

छपकैयामा पुर्ननिर्माण गरिएको गिरिजा कोइरलाको शालीकको अनावरण असार १८ गते गरिने

MadhesKhabar

निवर्तमान मन्त्री गुप्तामाथि छानबिन हुन्छ, दोषी देखिए कारबाही पनि हुन्छ : सरकारका प्रवक्ता गुरुङ

MadhesKhabar

Leave a Comment