Madhes Khabar
राजनीति

निवर्तमान मन्त्री गुप्तामाथि छानबिन हुन्छ, दोषी देखिए कारबाही पनि हुन्छ : सरकारका प्रवक्ता गुरुङ

फाइल तस्बिर ।

काठमाडौं,३२असारःसरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता दोषी देखिए कारबाही हुने बताएका छन् ।

बुधबार काठमाडौंस्थित सिंहदरबारमा सञ्चारकर्मीहरुसंग् कुरा गर्दै गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरे ।घुस लेनदेनको अडि प्रकरणमा मुछिएपछि मंगलबार रााजिनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताको अडियो प्रकरणबारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आइसकेको बताए ।

मन्त्री गुरुङले अब सरकारले उक्त प्रकरणमा अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए गुप्तालाई कारबाही हुने बताए ।उनले भने,‘ प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ । हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ । भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो ।’

राजीनामा दिएका निवर्तमान मन्त्री गुप्तामाथि छानबिन हुने उनले बताए । ‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’ उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ।’मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने बताए ।साभार : अनलाइनखबर

Related posts

पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष

MadhesKhabar

जनताको समस्या सुन्न सांसद पन्तले वीरगन्जमैै सन्चालनमा ल्याए निजी सचिवालय कार्यालय

MadhesKhabar

सिके राउतले पार्टी कब्जा गर्न खाेजेकाे भन्दै जनमत पार्टीका केन्द्रीय नेताहरुले छाडे पार्टी

MadhesKhabar

Leave a Comment