Madhes Khabar
राजनीति

विन्ध्यवासिनीमा स्वतन्त्र उम्मेद्वार सिंहको घरदैलो, मतदाताले गरे भव्य स्वागत

मधेसखबर
वीरगन्ज, २३ कार्तिक : पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले बुधबार बिहान विन्ध्यवासिनीमा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्वर १९ मा रहेको विन्ध्यवासिनी मन्दिरबाट घरदैलो अभियान सुरु भएको थियो ।स्थानीय मतदाताले विगतमा परिक्षण भइसकेकाहरुबाट आफूहरुको क्षेत्र विकास हुन नसकेको भन्दै अब स्वतन्त्रलाई मतदान गरेर विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।

घरदैलोमा पुगेका स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले फुलमाला लगाएर स्वागत गर्दै आफ्ना समस्याहरु पनि सुनाएका थिए । जवाफमा सिंहले आफूले यस क्षेत्रको विकास र यहाँका नागरिकको जनजीविकाका लागि दृढ संकल्प लिएर हिँडेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर लागि पर्ने बताए ।

अहिले देशले नै परिवर्तन खोजिरहेको भन्दै उनले त्यसका लागि स्वतन्त्र उम्मेद्वारलाई जिताएर पठाउनु आवश्यक रहेको बताए ।
घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

Related posts

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छ : प्रधानमन्त्री कार्की

MadhesKhabar

मधेसलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गरि विशेष राहत दिन एमाले पर्साकाे माग

MadhesKhabar

उपेन्द्र यादव अमेरिका प्रस्थान

MadhesKhabar

Leave a Comment