
मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ को जसपा एमाले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रदेश सभा सदस्यमा पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट उम्मेद्वारी दिएकी डा.मधु गुप्ता कुर्मीलाई नै मत हाल्न आग्रह गरेका छन् ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपूरमा मतदाता घरदैलोको क्रममा पुगेका जसपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले डा.मधु नै यस क्षेत्रको भरपूर बिकास गर्न सक्ने भएकाले उनको चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह गरे ।

