Madhes Khabar
राजनीति

रुपेश कुमार पाण्डेयद्वारा पकाहामैनपुर ३ मा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन


वीरगंज २८,माघःपर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयले उक्त कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विजय चौरसिया, बिन्दाचल ठाकुर, रामबाबु चौरसिया, शिवपटेल, तेजप्रकाश निषाद, राजकिशोर शाह तेली, नवल पटेल, मोतार कामकार, जनमहमद आलम, सच्चिउ ताराचन लगायत करिब ५० जनाको सहभागिता रहेको जनाइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार रुपेश कुमार पाण्डेयले क्षेत्र नम्बर–३ मा एमालेप्रति जनताको भरोसा बढ्दै गएको उल्लेख गरे। उनले आगामी निर्वाचनमा विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न एमालेको विजय आवश्यक रहेको बताए। “जनताको समस्यालाई प्राथमिकतामा राखेर समृद्ध क्षेत्र निर्माण गर्ने हाम्रो लक्ष्य हो,” पाण्डेयले भने।

कार्यक्रमपछि स्थानीय कार्यकर्ताहरूले घरदैलो अभियानलाई अझ तीव्र बनाउँदै एमालेको संगठन विस्तारमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Related posts

अमरेश सिंहको नाम काटियो, उद्योग मन्त्रालय प्रधानमन्त्री बालेनसँगै रहने

MadhesKhabar

कांग्रेसमा रुपान्तरण पक्षधर नेताहरुले वीरगन्ज आएर भने : नेतृत्व सच्चिएन भने परिवर्तन गर्छाै

MadhesKhabar

मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति

MadhesKhabar

Leave a Comment