Madhes Khabar
राजनीति

वीरगन्ज १० मा जसपा-एमालेकाे चुनावी घरदैलाे

मधेसखबर
वीरगन्ज ,१९ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा जसपा-एमाले गठबन्धनले शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा चुनावी घरदैलाे कार्यक्रम गरेकाे छ ।

गठबन्धनबाट प्रतिनिधसभा सदस्यका जसपाका उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेशसभा सदस्यका एमाले उम्मेदवार हरेराम पटेलले शनिबार वीरगन्ज १० का टाेल टाेलमा चुनावी घरदैलाे गरेर मतदातालाई भेटेका हुन् ।

मतदातासंगकाे भेटघाटमा दुवै उम्मेदवारले मधेस र देशका लागि जसपा-एमाले गठबन्धनलाई मत दिएर विजयी बनाउन आग्रह गरे ।प्रतिनिधिसभा सदस्य उम्मेदवार कुर्मीले आफू पहिलाे पटक चुनावी प्रतिस्पर्धामा आएकाले अरु जस्ताे झुठा आश्वासन नबाड्ने बरु जनताले अवसर दिए क्षेत्र र जनताका लागि उदाहरणीय काम गरेर देखाउने वाचा गरे ।

चुनावी घरदैलो कार्यक्रममा वीरगन्ज १० का वडा अध्यक्ष सुशील साह कानु, एमालेबाट वडा अध्यक्षका प्रत्याशी अजय कुमार गुप्ताका साथै जसपा र एमालेका नेता कार्यकर्ताकाे सहभागीता थियाे ।

Related posts

रौतहटमा माओवादीका जनयुद्धकालीन नेताहरुले प्रचण्डको साथ छोडे

MadhesKhabar

वीरगन्जमा एमालेसंग तालमेल गर्ने विषयमा लोसपामा विवाद

MadhesKhabar

पर्सा १ का मतदाता भन्छन् : प्रदीप यादवको कामबाट हामी सन्तुष्ट छौ

MadhesKhabar

Leave a Comment