Madhes Khabar
राजनीति

भ्रष्टचारको अन्त्य र रोजगार नै मेरो एजेण्डा हो : युवा उम्मेदवार सर्राफ

मधेसखबर
वीरगन्ज, १६ कार्तिक : पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले भ्रष्टचारको अन्त्य गर्दै युवालाई स्वरोजगार बनाउने आफनो मुख्य एजेण्डा रहेको बताएका छन् ।

बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा चुनावी घरदैलोका क्रममा मतदातासंग साक्षात्कार गर्दै सर्राफले भने ,‘ मैले जिते भने हरेक बर्ष यस क्षेत्र अन्तर्गतका एक हजार युवाहरुलाई सिपमूलक तालिम प्रदान गरि रोजगारी दिलाउनेछु । लौरो चुनाव चिन्ह लिएर चुनाव लडेका सर्राफले आफुले अहिले गरेको वाचा अनुसारको काम नगरे जनताले दिने सजाय भोग्न पनि तयार रहेको वताए ।

उनले मुख्यमन्त्री लालबाबु राउतले यस क्षेत्रमा कुनै पनि नमूना काम नगरेकाले जनताले विकल्प खोजिरहेको भन्दै जनताको भरोसा माथि आफु खरो रुपमा उत्रने जिकिर पनि गरे । उनले भने ,‘ यहि क्षेत्रबाट जितेका मुख्यमन्त्रीले एउटा पनि नमूना काम गरेनन् , जे जति काम गरे त्यसमा भ्रष्टचार मात्रै गरियो , दुइ चार जना आसेपासेले मात्रै कमाए , त्यसका कारण यसपालि यहाका जनताले स्वच्छ छविका व्याक्ति खोजिरहेका छन् ।

सर्राफले अबका जनता पैसा र झुठा आश्वासनमा नबिक्ने भएकाले यो क्षेत्रले नयाँ अनुहारलाई रोज्ने निश्चित रहेको बताए ।
घरदैलो कार्यक्रममा हाम्रो नेपाली पार्टीकी समानुपातिक उम्मेदवार गुड्डी जोशी लगायतको पनि सहभागिता थियो ।

Related posts

काँग्रेसले टिकट नदिएका कुर्मी काँग्रेसलाइ नै हराउदै वडा अध्यक्षमा निर्वाचित

MadhesKhabar

कांग्रेसको भातृ संघ समन्वय समितिकाे सदस्यमा पर्साबाट तीन जना मनाेनित

MadhesKhabar

कांग्रेस नेतृ मिश्रा जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment