Madhes Khabar
समाचार

पर्साकाे बिन्दबासिनीमा घरकाे स्ल्यापबाट खसेर एक किशाेरकाे मृत्युु

 

मधेसखबर
वीरगन्ज ,०८ कार्तिक :पर्साको बिन्दबासिनी गाउँपालिकामा साेमबार घरको स्ल्यापबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ इटियाही गाँउका १६ वर्षीय अरबिन्द कुमार दास रहेका छन् ।

सोमबार अपरान्ह सवा ३ बजे बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए । जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर उनी गम्भिर घाइते भएका थिए ।

प्रहरीले उद्धार गरी उपचारार्थ बाराको प्रसौनी स्थित एल.एस.न्युरो अस्पताल पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Related posts

बारामा उधोग लुट्न आएका डाँका र प्रहरी बिच गोली हानाहान , एक प्रहरी सहित दुइ घाइते

MadhesKhabar

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ, अन्य ६ अध्यादेश अध्ययनमै

MadhesKhabar

पर्सामा ३ बिघामा लगाइएको अवैध गाँजा फडानी, ४८ हजार बोट नष्ट

MadhesKhabar

Leave a Comment