Madhes Khabar
समाचार हेडलाइन

पर्सामा ३ बिघामा लगाइएको अवैध गाँजा फडानी, ४८ हजार बोट नष्ट

वीरगंज १, फागुन:पर्साको ग्रामिण भेगमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ अन्तर्गत सानो सुगौलीस्थित एलानी जग्गामा अवैध रूपमा करिब ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको जनाएको हो।

आज शुक्रबार मिति अपराह्न करिब ४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उक्त गाँजा खेती नष्ट गरेको जनाएको छ।

प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा परिचालित टोलीले करिब ४८ हजार गाँजाका बोट फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता कार्यमा संलग्नलाई कारबाही गरिने जनाएको छ।

Related posts

पर्सामा चट्याङ  लागेर एक बालककाे मृत्यु, तीन जना घाईते

MadhesKhabar

एसईई : पर्सामा केन्द्राध्यक्षसहित ५ जना पक्राउ

MadhesKhabar

इनरवामा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

Leave a Comment