Madhes Khabar
राजनीति हेडलाइन

सुरेन्द्र चौधरी भन्छन् : एमालेले तस्कर र अपराधीलाई टिकट दिएको छ (भिडियो सहित)

मधेसखबर
वीरगन्ज,०६ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ मा सत्तागठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार सुरेन्द्र चौधरीले मुकेश चौरसियाको हत्यामा एमाले नेता एंव पर्सा ३ का उम्मेदवार राज कुमार गुप्ता पनि संलग्न रहेको आरोप लगाएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका स्वर्गीय नेता मुकेश चौरसियाको दोश्रो समृति दिवसको अवसरमा आयोजित श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै चौधरीले भने ,‘ मुकेश चौरसियाको हत्याको रगत छिटा गुप्ताको शरिरमा पनि परेको छ , उनी पनि हत्यामा संलग्न थिए ।

 

गुप्ताले नै मुकेशका हत्यारालाई संरक्षण गरेर जोगाएको आरोप लगाउदै चौधरीले भने ,‘ मुकेशका हत्याराहरु गुप्ताकै वीरगन्ज स्थित घरमा लुकेर बसेका थिए । यदि त्यस बेला केपी ओलीको सरकार नभइ दिएको भए गुप्ता पनि जेलमा जाने निश्चित रहेको भन्दै चौधरीले भने,‘ ओलीले संरक्षण गरेकै कारण गुप्ता जेल जानबाट बचे ।

हत्या सम्बन्धि मुद्धाको फाइल कहिले पनि बन्द नहुने भन्दै चौधरीले चुनाव सकिए लगत्तै फेरि जाहेरी दिने र गुप्तालाई अदालतको कठघरामा पुरयाउने चेतावनी दिए ।

चौधरीले एमालेले आफुलाई सर्वहाराको पार्टी भने पनि उ तस्कर र बलेकियाको पार्टी भएको आरोप पनि लगाए । चौधरीले भने ,‘ आफुलाई सर्वहाराको पार्टी भन्ने एमालेले चुनावमा टिकट अपराधी, तस्कर र बलेकियालाई दिन्छ , अहिले पर्सा ३ का उसका उम्मेदवारले नै पुष्टि भइसकेको छ ।

 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले नेकपा एमाले अपराधीलाई सरक्षण गर्ने पार्टी भएको आरोप लगाए ।क्षेत्रीले स्वर्गीय चौरसियाका हत्याराहरु खुलेयाम घुमिरहेको र उनिहरुलाई एमालेले संरक्षण गरिरहेको बताए ।

 

पर्सा क्षेत्र नम्बर ३ को (ख) मा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका क्षेत्रीले भने ,‘ एमालेमा राजनीतिक गर्ने नेता कम छन् , हत्यारा र अपराधीहरु बढि छन् । चौरसियाका हत्याराहरुलाई जेलको कठघरामा पुरयाउनु पर्ने भन्दै क्षेत्रीले एमाले सरकारका पालामा एमालेका मन्त्रीहरुले कोरोना महामारीका बेला समेत भ्याक्सिन र औषधीमा ठूलो घोटाला गरेको पनि आरोप लगाए ।

मुकेशको हत्या कसरी भएको थियो ?

२०७७ साल कार्तिक ६ गतेका दिन पर्साको विन्दवासीनी गाँउपालिका ५ प्रसौनीभाठामा तत्कालिन नेकपाको नवनिर्वाचित गाँउपालिका कमिटीको शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
मुकेश , कमिटीको सचिवमा निर्वाचित भएका थिए । तर कार्यक्रममा पार्टीकै एक पक्षलाइ नबोलाइएका कारण असन्तुष्ट उक्त पक्षले कार्यक्रम स्थलमा पुगेर विवाद गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।
त्यहि विषयलाइ लिएर विवाद भइ दुइ पक्ष बिच झडप हुदा हिर्काइएको बासले मुकेशको टाँउको फुट्ेको थियो ।
घाइते मुकेशलाइ तत्कालै उद्धार गरि वीरगन्ज स्थित एसएल न्यूरो अस्पतालमा पुरयाएर भर्ना गरिएको थियो । उपचारका क्रममा उनको कार्तिक ८ गते शुक्रबारका दिन बिहान ९ बजे मृत्यु भएको थियो ।
घटना भएकै दिन बिहीबार साँझ प्रहरीले संविधानसभा सदस्य एंव तत्कालिन नेकपाका नेता राज कुमार गुप्ता सहित ८ जनालाइ नियन्त्रणमा लिएको थियो । तर त्यहि साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय पुरयाइएका गुप्ता सहितका ५ जनालाइ भने त्यहि दिन बेलुकी ९ बजे तिर प्रहरीले छाडि दिएको थियो ।

हेर्नुस् भिडियो : सौजन्य टि टुडे न्युज

Related posts

पर्सामा ४ पूर्वमन्त्रीसहित १०९ जना उम्मेदवार : कुन क्षेत्रमा को को उत्रिए चुनावी मैदानमा ?…

MadhesKhabar

रुपेश पाण्डेः “लोकप्रिय हुन होइन, काम गर्न राजनीतिमा आएको हुँ”

MadhesKhabar

२८ वर्ष काँग्रेसको राजनीति गरेका वीरगन्जका नेता साह जसपा प्रवेश

MadhesKhabar

Leave a Comment