Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

यमपन्चककाे दाेश्राे दिन आज काग तिहार मनाइदै

मधेसखबर
वीरगन्ज ,०६ असाेज : यमपन्चककाे दाेश्राे आइतबार आज काग तिहार मनाइँदैछ। काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाउने गरिन्छ।

कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ।

 

काग, यमराजको दूत हाे। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।

हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर पठाएकाले तिहारको पहिलो दिनै कागपूजा गर्ने प्रचलन बसेको हो।

 

चराविद् डा. हेमसागर बराल कागबारे विभिन्न रोचक तथ्य बताउँदै यसका अनौठा आनीबानी र विशेषता सुनाउछन्। र, कागका यी बानी मान्छेको हितमा भएको उनी बताउँछन्।

बरालका अनुसार कागको विकासक्रम मान्छेसँगै भएको देखिएको छ। त्यसैले यो मानिसको साथी बन्दै गयो।

‘काग निकै बाठो हुन्छ। उखानै छ, कागजस्तो चलाख। त्यो विम्ब त्यसै सिर्जना भएको होइन। कागले मान्छेको कल्पना बाहिरका क्रियाकलाप देखाउँछ,’ चराविद् बराल भन्छन्, ‘कोही मान्छेसँग खानेकुरा छ भन्ने थाहा पायो भने काग पछिपछि लाग्छ। र, खानेकुरा बढी भए भविष्यका लागि सञ्चय समेत गर्छ।’

Related posts

वरिष्ठ पत्रकार चौहनलाई काँग्रेसको केन्द्रिय प्रचार प्रसार समितिमा मनोनित

MadhesKhabar

वीरगन्ज महानगरले १३ बर्षपछि जित्यो आदर्शनगर रंगशाला अगाडीको जग्गाको मुद्दा

MadhesKhabar

भारतीय पर्यटकहरु भित्रिने ठोरी नाकाकाे भन्सार बन्द हुदाँ हाेटल तथा पर्यटन व्यवसायीहरु मर्कामा

MadhesKhabar

Leave a Comment