Madhes Khabar
अन्तरवार्ता

मल्लिकार्जुन खड्गे बने भारतीय काँग्रेसको अध्यक्ष

वीरगन्ज, ०२ कार्तिक : भारतीय काँग्रेसको अध्यक्ष मल्लिकार्जुन खड्गे बनेका छन् । २४ वर्षपछि भारतीय कांग्रेसले मल्लिकार्जुन खड्गेलाई पहिलो गैर–गान्धी कांग्रेस अध्यक्ष पाएको हो ।

८० वर्षीय खड्गे ,अध्यक्षको चुनावमा शशि थरुरलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । खड्गेलाई गान्धी परिवारको पूर्ण समर्थन थियो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा खड्गेले ७ हजार ८ सय ९७ मत पाए भने थरुरले १ हजार ७२ मत मात्रै पाए । ४१६ मत बदर भएको थियो । गत सोमबार भएको निर्वाचनमा कुल ९ हजार ३ सय ८५ मत खसेको थियो ।

निर्वाचनका क्रममा कांग्रेसका ९ हजार ९ सय प्रतिनिधिमध्ये ९ हजार ५ सयले मतदान गरेका थिए । यसअघि कांग्रेसमा अध्यक्ष पदका लागि सन् १९३९, १९५०, १९७७, १९९७ र २००० मा निर्वाचन भएको थियो । सन् २००० को चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई पराजित गर्दै अध्यक्ष बनेकी थिइन् ।

खड्गे सुरुदेखि नै गान्धी परिवार प्रति वफादार रहदै आएका छन् । विद्यार्थी राजनीतिबाट सुरु गरेका खड्गेले संघिय राजनीतिमा पनि लामो इनिङ खेले । सन् १९६९ मा, उनी एमएसके मिल्स कर्मचारी संघको कानूनी सल्लाहकार बने । उनी संयुक्त ट्रेड युनियनका प्रभावशाली नेता थिए, जसले मजदुरहरूको अधिकारका लागि धेरै आन्दोलनहरूको नेतृत्व गरे ।

८० वर्षीय खर्गेको जन्म कर्नाटकको बिदर जिल्लाको वरवट्टी क्षेत्रको एक किसान परिवारमा भएको थियो । उनले नूतन विद्यालय, गुलबर्गाबाट स्कूली शिक्षा पूरा गरे र सरकारी कलेज, गुलबर्गाबाट स्नातक गरे । त्यसपछि गुलबर्गाका सेठ शंकरलालले लाहोटी ल कलेजबाट एलएलबी गरेपछि वकालत गर्न थाले ।

१९६९ मा, उनी कांग्रेसमा सामेल भए र १९७२ मा कर्नाटकको गुरुमितकल विधानसभा सीटबाट पहिलो पटक विधायक बने । खर्गे गुरुमितकल सिटबाट ९ पटक विधायक निर्वाचित भएका थिए । यस अवधिमा उनले गुन्डुराव, एसएम कृष्ण र वीरप्पा मोइलीको सरकारमा विभिन्न विभागहरूमा मन्त्रीको पद पनि सम्हालेका थिए । उनी गुलबर्गाबाट दुई पटक कांग्रेसको लोकसभा सांसद पनि भइसकेका छन् ।

 

Related posts

हामी बोलेर भन्दा पनि काम गरेर देखाउछौ : मेयर राजेशमान सिंह

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment