Madhes Khabar
राजनीति

डाक्टरी छोडेर राजनीतिमा किन आइन् डा. मधु गुप्ता ?

मधेसखबर
वीरगन्ज ,३१ असाेज : पर्सा क्षेत्र नम्बर ३ काे (ख) कि प्रदेशसभा सदस्य उम्मेदवार डाक्टर मधु गुप्ता कुर्मी मुटु रोगसम्बन्धी मधेस प्रदेशमै पहिलो महिला विशेषज्ञ हुन् ।

उनी पर्सा जिल्लालाई आधार बनाएर उपचार सेवामा संलग्न हुँदै आएकी थिइन् । बिरामी जाँच्ने, स्वास्थ्यसम्बन्धी उपचार र सल्लाह दिने, अस्पताल भिजिट गर्ने उनको सामान्य दैनिकी थियो ।

त्यसकाे अलावा उनी ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरहरु लिएर स्थानीयको उपचारका लागि पनि जाने गरेकी थिइन् । अहिले पनि उनी पर्साका बासिन्दाको घरघरमा पुगेकी छन् । तर डाक्टर बनेर होइन, चुनावी उम्मेदवार बनेर ।

पछिल्लो समय उनको दैनिकी फेरिएको छ । पर्सा क्षेत्र नंबर ३ (ख) मा जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवारको बनेपछि उनको भूमिका बदलिएको हाे । सक्रिय राजनीतिमा आउनुअघि बिरामीको स्वास्थ्य समस्यामात्र जाँच्ने डाक्टरको भूमिकाबाट उनी अहिले स्थानीयको समग्र समस्या बुझ्ने र त्यसलाई समाधानको बाटोमा लिएर जाने प्रतिबद्धता व्यक्त गर्दै हिँडेकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यकी प्रत्यासी डा. गुप्ता राजनीतिमा अग्रजको अनुभव र युवा पिढीको ज्ञानको संयोजन हुनुपर्ने बताउँछिन् । पर्सा जिल्लाको आर्थिक र सामाजिक जीवन अति पिछडिएको छ । यो जिल्लालाई विकास र अवसरमा अघि बढाउन राजनीतिमा आएकी हुँ, उनले भनिन् । चिकित्सा क्षेत्रबाट स्वास्थ्य समस्याको उपचार गरेरमात्र पुगेन । आर्थिक, सामाजिक र राजनीतिक समस्याको उचारको लागि त राजनीतिमै आउनुपर्ने भयो ।

नीति निर्माणको तहमा पुगेर समाजलाई समुन्नत बनाउने उद्देश्य राखेकी छु । मतदाताले मलाई त्यो ठाउँमा पठाउनेमा पूर्ण विश्वस्त छु, डा गुप्ताको भनाइ छ । राजनीतिको मधुको सक्रियतालाई पर्साका बासिन्दाले आशाको किरणको रुपमा हेरेको स्थानीयले बताएका छन् ।

Related posts

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका दुई नेताले छाडे पार्टी

MadhesKhabar

सञ्जिला यादवलाई मधेस प्रदेशकाे सांसद बनाउने जसपाकाे निर्णय

MadhesKhabar

रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता, अब के हुन्छ ?

MadhesKhabar

Leave a Comment