Madhes Khabar
राजनीति

शिक्षा र स्वास्थ्य विकासको आधार : जसपा उम्मेदवार मधु गुप्ता

मधेसखबर
वीरगन्ज,२६ असोज : पर्सा क्षेत्र नम्बर ३ (ख)की जसपा उम्मेदवार डाक्टर मधु गुप्ताले शिक्षा र स्वास्थ्य नै विकासका आधार भएकाले यसमा सबैको पहुँच आवश्यक रहेको बताएकी छन् ।
बुधबार जसपा एमाले गठबन्धनले पकाहामैनपुर गाँउपालिकामा गरेको चुनावी घरदैलौ कार्यक्रममा मतदातासंग भेट्दै प्रदेशसभा सदस्य उम्मेदवार गुप्ताले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताइन् । नेपालको संविधानमै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि यो आम जनताको पहुँचबाहिरको विषय बन्दै गएकाले सरकार यसमा गम्भीर हुनुपर्ने डाक्टर गुप्ताले बताइन् ।
गुप्ताले शिक्षा र स्वास्थ्य सेवाको प्रभावकारिता आफ्नो एक मुख्य एजेण्डा भएको पनि स्पष्ट पारिन् । पर्सा जिल्ला देशकै आर्थिक राजधानी भएर पनि यहाँको सामाजिक जीवनमा त्यसको प्रत्याभूति नभएको भन्दै उनले आफ्नो क्षेत्रलगायत पर्सा जिल्लालाई नै विकासका सवालमा नमूना जिल्लाको रुपमा चिनाउन आफू राजनीतिमा आएको पनि बताइन् । चुनावी घरदैलो कार्यक्रममा जसपा एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार राज कुमार गुप्ताको पनि सहभागीता थियो ।

Related posts

महाधिवेशनकाे तयारीका लागि पर्सामा जसपाकाे बैठक सम्पन्न

MadhesKhabar

जेनजी आन्दोलन आयोगको प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही गर्न सभापति थापाको माग

MadhesKhabar

पर्सामा कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ गठन,अध्यक्षमा क्षेत्री चयन

MadhesKhabar

Leave a Comment