काठमाडौं,१० चैत : नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ र २४ का घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् । उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नै सार्वजनिक गर्नुपर्ने बताउँदै भने, ’प्रतिवेदन सरकारलाई बुझाइएको छ । त्यो सार्वजनिक गरियोस् र त्यसउपर कारबाही होस् ।’ कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले आफूहरूलाई विकासको गति चाहिएको बताउँदै यसका नाममा कतिपय संवैधानिक स्वतन्त्रता खुम्च्याउने काम भने स्वीकार्य नभएको बताए । उनले संविधानले दिएको बोल्ने र लेख्ने लगायतका स्वतन्त्रतालाई खुम्च्याउने नभई अझै फुकाउनुपर्ने बताए । कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले आफूहरू प्रतिपक्षमा भए पनि जिम्मेवार विषयमा आफूहरू रास्वपासँग सहकार्य गर्न तयार रहेको बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले सुशासनका विषयमा आफूहरू सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
सभापति थापाले कतिपय विषय सरकार एक्लैले गर्न नसक्ने बताउँदै खाडीका देशमा देखिएको तनाव त्यस्तै एउटा विषय भएको बताए । उनले आफूहरूलाई विकासको गति चाहिएको बताउँदै तर कतिपय संवैधानिक स्वतन्त्रता खुम्च्याउने काम स्वीकार्य नभएको बताए । उनले संविधानले दिएको बोल्ने र लेख्ने लगायतका स्वतन्त्रतालाई खुम्च्याउने नभई अझै फुकाउनुपर्ने बताए ।

