Madhes Khabar
राजनीति

दिपक मनाङे निर्विराेध निर्वाचित

मधेसखबर
वीरगन्ज ,२६ असाेज : मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

उक्त क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् ।

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा एमालेलाई आफ्नो समर्थन रहेको भन्दै मनाङेले एमाले नेताहरु पोल्देन छोपाङ गुरुङसँग तस्विर खिचाएका थिए ।

Related posts

रवि लामिछानेले भने : मेरो विरुद्ध मिडियाहरु लागे , अदालतलाई प्रभावित पारे

MadhesKhabar

घरदैलोमा पुगेर जनताका समस्या पनि सुन्दै जसपा उम्मेदवार प्रदीप यादव

MadhesKhabar

पर्सा १ मा प्रदीप यादवको लहर : काँग्रेस र नेकपा एसका नेताहरु जसपा प्रवेश

MadhesKhabar

Leave a Comment