Madhes Khabar
स्वास्थ्य

पर्सामा चट्याङले लागेर एक महिला गम्भीर घाइते

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,२० असाेज : पर्साको जिराभवानी गाउँपालिकामा बिहीबार बिहान पानीसंगै परेको चट्याङले लागेर एक जना महिला गम्भीर घाइते भएकि छन् ।

जिराभवानी गाउँपालिका वडा नम्बर २ वसन्तपुरका लालु बछारकी पत्नी ५२ बर्षिया नथिया देवि थरुनी चट्याङले लागेर गम्भीर घाइते भएकि हुन् ।

आफनै घरमा सुतिरहेको बेलामा बिहीबार बिहान ३:३० बजेको समयमा चटयाङले लागेर थरुनी गम्भीर घाइते भएकाे ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिए । घाइते थरुनीको वीरगन्जकाे नारायणी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

यसैबिच चटयाङले गर्दा उक्त गाँउमा एक दर्जन भन्दा बढी स्थानीयकाे टिभी, विद्युतीय मिटर ,फ्रीज ,पन्खा लगायतका विद्युतीय उपकरणमा समेत क्षति पुगेकाे प्रहरीले जनाएको छ।

Related posts

सुर्या हस्पिटलमा पनि डेट एक्सपायर औषधी भेटिएको महानगरको अनुगमन समितिद्वारा जानकारी

MadhesKhabar

वीरगन्जमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय मुकदर्शक

MadhesKhabar

वीरगन्जमा एकै साथ देखियो डेंगु र स्क्रब टाइफस

MadhesKhabar

Leave a Comment