Madhes Khabar
समाचार हेडलाइन

नेशनल मेडिकल कलेजमा जुनियर विधार्थीसंग र्‍यागिङ

मधेखबर
वीरगन्ज ,११ असाेज: जुनियर विद्यार्थी माथि र्‍यागिङ गरेको भन्दै वीरगन्ज स्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि कलेजबाट निष्कासित गरेको छ।

नेसनल मेडिकल कलेज प्रशासनले छात्रवासमा जुनियर विधार्थीलाई र्‍यागिङ गर्ने ७ जना सिनियर विधार्थीलाई असोज ९ गतेदेखि १ वर्षका लागि कलेजबाट निष्कासन गरेको जनाएको छ।

नेसनल मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर केएन सिंहले सात जनाको नाम सार्वजनिक गर्दै निष्कासन गरेको सूचना निकालेका छन्।

एक वर्षका लागि निष्कासित हुनेमा सागर कुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीत कुमार गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव रहेका छन्।

Related posts

छठ पर्बको उपलक्ष्यमा घडिअर्वा छठघाटमा आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

MadhesKhabar

मधेसमा कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा : पर्साबाट ४० जनाले गरे हस्ताक्षर

MadhesKhabar

ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

MadhesKhabar

Leave a Comment