Madhes Khabar
स्वास्थ्य

पर्साको पिडारीमा निशुल्क आँखा परिक्षण शीवीरमा १५९ जनाको आँखा चेकजाँच

मधेसखबर
वीरगन्ज,०८ असोज : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पिडारी गाँउमा शनिबार निशुल्क आँखा शीवीर सम्पन्न भएको छ ।
दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टर वीरगन्जको प्राविधिक सहयोगमा दाइजो एंव सामाजिक कुरिति विरुद्ध जागरण मंच र वीरगन्ज कपडा बैंकको संयुक्त आयोजना भएको शीवीरमा १ सय ५९ जनाको आँखा परिक्षण गरिएको छ ।

ती मध्ये ५३ जनामा मोतियाबिन्दुको समस्या फेला परेकोमा उनिहरुको आगामी बुधबार वीरगन्ज दृष्टि आँखा अस्पतालमा शल्यकृया गरिने भएको छ । त्यसमा लाग्ने कुल खर्च मध्ये ६० प्रतिशत छुट दिइने अस्पतालका डाक्टर अरविन्द गुप्ताले बताए ।

दाइजो एंव सामाजिक कुरिति विरुद्ध जागरण मंचका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षता र जगरनाथपुर गाँउपालिकाकी उपाध्यक्ष बबिता सिंहको प्रमुख आतिथ्यतामा भएको शीवीरमा वडा अध्यक्ष लक्ष्मी साह तेली, स्वास्थ्य चौकीका इन्चार्ज शत्रुघ्न साह,यूवा नेता सुरेन्द्र सिंह क्षेत्री,समाजसेवी सहरुम राउत गदी लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

सरकार र चिकित्सक संघबीच सहमति,डाक्टरहरुकाे आन्दोलन स्थगित

MadhesKhabar

पर्सामा १४ हजार भन्दाबढि बालबालिका पूर्ण खोपबाट बञ्चित

MadhesKhabar

पर्सा , बारा सहितका मध्य तराईमा आगामी पाँच दिनसम्म ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

Leave a Comment