Madhes Khabar
स्वास्थ्य

सरकार र चिकित्सक संघबीच सहमति,डाक्टरहरुकाे आन्दोलन स्थगित

काठमाडौं,२४असार:सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ ।

संघको नेतृत्वमा साेमबारदेखि आन्दोलनमा उत्रिएका देशभरका डाक्टरसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो ।

सहमति अनुसार,चिकित्सक संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो ।

उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राखेको चिकित्सकहरूले राखेका थिए ।

केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।

Related posts

होप फर ह्युमानिटी फाउन्डेशनको पहलमा धोबिनीका ५५ जनाको गरियो निःशुल्क शल्कृया

MadhesKhabar

स्वास्थ्यमन्त्री यादवले सर्वाजनिक गरे ‘फिस्टुला निवारणका लागि मार्गचित्र’

MadhesKhabar

वीरगन्जमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट ३४१ विद्यार्थी लाभान्वित

MadhesKhabar

Leave a Comment