Madhes Khabar
स्वास्थ्य हेडलाइन

होप फर ह्युमानिटी फाउन्डेशनको पहलमा धोबिनीका ५५ जनाको गरियो निःशुल्क शल्कृया

वीरगन्ज,२७माघःपर्साको धोबिनी गाँउपालिका वडा नम्बर ५ धोबिनी गाँउका ५५ जनाको आँखामा देखिएको मोतियाबिन्दुको निःशुल्क शल्कृया गरिएको छ ।

गैरसरकारी संस्था होप फर ह्युमानिटी फाउन्डेशनको पहलमा वीरगन्जस्थित वीरगन्ज सामुदायिक आँखा केन्द्रमा उनिहरुको निःशुल्क शल्कृया गरिएको संस्थाका सदस्य मुस्ताक अन्सारीले जानकारी दिए।

उनका अनुसार, यसअघि गत शनिबार संस्थाकै आयोजनामा धोबिनी–५ धोबिनी गाँउको विद्यालयमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा २ सय २० जनाको आँखा जाँच गरिएकोमा तीमध्ये ६९ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो । तीमध्ये तत्कालै शल्यकृया गर्नुपर्ने आवश्यकता भएका ५५ जनाको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यकृया गरिएको अन्सारीले जानकारी दिए ।

संस्थाले यस्तो परोपकारी कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदैं जाने सदस्य अन्सारीले बताए ।

Related posts

स्वास्थ्य बीमा गराएका बिरामीले अब निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं तिर्नुपर्ने

MadhesKhabar

अहिलेको सरकार सफल छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

जापानका राजदूतले वीरगन्जका धार्मिक एंव पर्यटकीयस्थलकाे गरे भ्रमण,मेयर सिंहलाई पनि भेटे

MadhesKhabar

Leave a Comment