Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा १४ हजार भन्दाबढि बालबालिका पूर्ण खोपबाट बञ्चित

वीरगन्ज, ७ जेष्ठ : पर्सामा गत पाँच वर्षको अवधिमा १४ हजार ७१५ जना बालबालिका पूर्ण खोपबाट बञ्चित भएका छन् ।स्वास्थ्य कार्यालय पर्साको तथ्यांक अनुसार , आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्ष २०७९/८० सम्म जिल्लाका १४ वटै पालिकामा गरि पूर्णखोपबाट १४ हजार ७१५ बालबालिका बञ्चित भएका हुन् ।

जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क उपलब्ध गराउदै आएको छ ।

सरकारले जिल्लाका हरेक वडामा खोपकेन्द्र स्थापना गरि निशुल्क खोप उपलब्ध गराउँदै आएको भएपनि जिल्लामा यति धेरै संख्यामा बालबालिकाहरु पूर्ण खोपबाट बञ्चित हुन पुगेका हुन् ।

जिल्लाको १४ पालिका मध्ये सबै भन्दाबढि वीरगन्ज महानगरमा मात्रै ७ हजार ५९३ बालबालिका पूर्णखोपबाट बञ्चित हुन पुगेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।

यसका साथै पर्सामा चालु आर्थिक वर्ष २०७९/८० मा पूर्णखोप (१० वटै प्रकारका खोप ) लिनुपर्नेमा बिचमै खोप लिन छाड्ने ( ड्रप आउट ) बालबालिकाको संख्या २६ प्रतिशत रहेको ठाकुरले बताए । वीरगन्ज महानगरपालिकामा भने ड्रप आउट हुने बालबालिकाको संख्या झन् धेरै अर्थात ३८ प्रतिशत रहेको ठाकुरले बताए ।

खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मीको लापरवाही ,चाँडपर्बका बेला खोप सेसन सञ्चालन नहुननु , खोप सेसनको सञ्चालन मिति र समय निश्चित नहुनु ,अभिभावकहरुको हेलचेक्रयाई , अभिभावकमा सचेतनाको कर्मी इत्यादि कारणले जिल्लामा यस्तो समस्या देखिएको ठाकुरले बताए ।

त्यसैलाई मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले वीरगन्जमा आइतबारदेखि स्वास्थ्यकर्मीका लागि तीनदिने पुर्नताजगी तालिम सञ्चालन गरेको छ ।पूर्ण खोप सुनिश्चितता तथा दिगोपनको लागि पुर्नताजगी तालिमममा जिल्लाका १४ वटै पालिकामा रहेका सरकारी ३३ वटा र नीजी ४ वटा स्वास्थ्य संस्थाका गरि ९२ जना स्वास्थ्यकर्मी सहभागी छन् ।

तालिममा सहभागीहरुलाई राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य , उदेश्य , उपलब्धी र चुनौती लगायतका विषयमा खोप विज्ञहरुले प्रशिक्षण दिइरहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी गराए । यसका साथै जिल्लाका कोहिपनि बालबालिका नियमित खोपबाट बञ्चित नहोउन् भन्नका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने विधी र उपाय बारेपनि प्रशिक्षण दिइने उनले बताए ।

आइतबार तालिमको पहिलो दिन स्वास्थ्य कार्यालय पर्साका अधिकृत मोहनलाल साहको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका नगरप्रमुखका प्रेस सल्लाहकार महेश दासको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर , वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवाल लगायतले सहजीकरण गरेका थिए ।

 

Related posts

मधेस प्रदेशमा ५०-५० प्रतिशत सिट पाउनुपर्ने काङ्ग्रेस र जसपाको दाबी

MadhesKhabar

पटेर्वा सुगाैलीका विधालयहरुमा दिवा खाजा कार्यक्रमकाे अनुगमन

MadhesKhabar

महिला स्वंयसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

MadhesKhabar

Leave a Comment