Madhes Khabar
स्थानिय

महिलाकाे अधिकार सुनिश्चित गर्न म राजनीतिमा आएकी हु : डाक्टर गुप्ता

मधेसखबर
वीरगन्ज ,२७भदाैं: आसन्न प्रतिनिधि सभा सदस्यको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ सिफारिस भएकी जनता समाजबादी पार्टी (जसपा)की नेतृ डा.मधु गुप्ताले सबै ठाउँमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताएकी छन् ।

सोमबार पाेखरीयामा स्थानियसंग भेटघाटका क्रममा डा.गुप्ताले पुरुष जस्तै महिलाको पनि सबै क्षेत्रमा प्रतिनिधित्व समान हुनुपर्नेमा जोड दिइन्। आफ्नाे पेशा डाक्टर भएपनि आफु महिलाको अधिकार सुनिश्ता गर्नको लागी राजनीतिमा होमिएको उनले बताइन्। उनले संबिधानमा महिलाको अधिकार ३३ प्रतिशत उल्लेख गरिएको भएता पनि अहिले सम्म त्यो ३३ प्रतिशतको खासगरी ग्रामिण ईलाकाका महिलाले अनुभव गर्न नसकेकोमा दुख लागेकाे बताइन् ।

डा.गुप्ताले आफु युवा अनि शिक्षित पनि रहेकोले नीति निर्माणकाे तहमा पुगेमा ग्रामिण क्षेत्रका पिछिडिएका समुदायसंगै आदिबासी , जनजाति , मुस्लिम लगायत सबै बर्गको बिकासको लागी साझा रणनीति बनाउन पहल गर्ने बताइन्।

Related posts

प्रहरी ज्यादती विरुद्ध कलैयामा कांग्रेसको नेतृत्वमा विरोध प्रर्दशन

MadhesKhabar

वीरगन्ज महानगरको ल्याबमा गरिएको पानी परीक्षणमा हैजा फैलाउने जीवाणु फेला परेन

MadhesKhabar

पर्साको खेस्राहामा आगलागी हुदाँ चार वटा घरगोठ जलेर नष्ट

MadhesKhabar

Leave a Comment