Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जका मेयर सिंहकाे फेरि अर्काे एक्सन : नाला अतिक्रमण गरि बनाइएका भवन,घर,टहरा हटाउन निर्देशन

मधेसखबर
वीरगन्ज ,२३ भदाैं : वीरगन्ज महानगरपालिकाले महानगरमा रहेकाे मुख्य नाला अतिक्रमण गरि बनाइएका भाैतिक संरचनाहरु हटाउन ३५ दिने सुचना जारी गरेकाे छ ।

वीरगन्ज महानगरपालिका कार्यालयकाे यहि भदौं २० गतेकाे निर्णय अनुसार वीरगन्जमा रहेकाे मुख्य नाला (ड्राेन १) माथि अवैध रुपले कब्जा गरि बनाइएका भवन,घर , टहरा लगायतका संरचनाले नालाकाे बहावमा अवराेध पुर्याएकाले ती सबै संरचना ३५ दिन भित्र हटाउन सम्बन्धित व्याक्ति र संस्थालाइ आग्रह गरिएकाे सुचनामा उल्लेख छ।

यदि सुचना जारी गरिएकाे ३५ दिन भित्र नाला अतिक्रमण गरि नाला माथि बनाइएका अवैध संरचनाहरु नहटाइए महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधाहरु राेक्का गरिने चेतावनी समेत महानगरपालिकाले दिएकाे छ ।यसका साथै नालामाथिकाे अवैध संरचना नहटाइए महानगरपालिकाले प्रचलित ऐन कानुन अनुसार ती संरचनाहरू हटाइ दिने र त्यसमा लाग्ने खर्च सम्बन्धित व्याक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनी पनि महानगरपालिकाले सुचना मार्फत दिएकाे छ ।

महानगरपालिकाकाे याे सुचनाले नाला माथि नै बनाइएकाे हरिखेतान बहुमुखी क्याम्पस , घण्टाघर माईस्थान बिचकाे मेनराेडका केही घरका साथै घडिअर्वा र आदर्शनगर क्षेत्रकाे नाला अतिक्रमण गरि बनाइएका केही घरधनीहरुमा खैलाबैला मच्चिएको छ ।

Related posts

मधेसका छोरीलाई बाड्न लालबाबु सरकारले किनेको ५ हजार साइकल कबाड बन्दै

MadhesKhabar

पर्सामा सवारी दुर्घटना ह्वात्तै बढ्यो : एक वर्षमा ५१ को मृत्यु, ८०४ घाइते

MadhesKhabar

शिक्षामा वीरगन्ज–३० का वडाध्यक्ष यादवको नजर : एसईई उत्तीर्ण किशोरीहरुलाई बाँडे कम्प्युटर

MadhesKhabar

Leave a Comment