Madhes Khabar
स्थानिय

वीरगन्जमा डेट एक्सपायर औषधी बेच्ने कम्पनिको गोदाम सिल

मधेसखबर
वीरगन्ज, २१ भदौं : वीरगन्जमा रहेको औषधी कम्पनिको गोदममा स्थानीय प्रशासनको टोलीले छापा मारेर सिल गरेको छ ।

एकै घरमा सन्चालनमा रहेको युपिएस फर्मा प्रालि र जि फर्मा लिंक प्रालिमा मङगलबार स्थानीय प्रशासन सहितको टोलीले छापा मारेर सिल गरेको हो ।जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले औषधी कम्पनिको गोदाममा पुगेर अनुगमन गर्दा गोदममा म्याद नाघेका थुप्रै औषधीहरु फेला परेपछि गोदम सिल गरेको हो ।

उक्त कम्पनिले डाक्टर रेडी फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको म्याद नाघेको औषधि ठूलो परिमाणमा बजार क्षेत्रमा जथाभाबी फालेको गुनासो उपभोक्ता हित संरक्षण मन्च वीरगन्जका अध्यक्ष अजित भुजेल समक्ष आएको थियो । त्यहि गुनासोको बारेमा अध्यक्ष भुजेलले जिल्ला प्रशासन कार्यालयलाइ खबर गरेका थिए ।

त्यसपछि मङगलबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मन्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधी व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी सहितको टोलीले उक्त कम्पनिको गोदाममा छापा मारेर सिल गरेको मन्चका अध्यक्ष भुजेलले जानकारी दिए ।

Related posts

पानीका लागि पैसा मागेको गुनासो आएपछि फिल्डमा आँफै खटिए मेयर,पानीमा विभेद नगर्न दिए निर्देशन

MadhesKhabar

वीरगन्जको शंकराचार्य गेटमा जडान गरिएको बत्ती चोर्ने एक जना पक्राउ

MadhesKhabar

वीरगन्ज हेल्थकेयर अस्पतालमा आगो लाग्दा कारोडौंको क्षति

MadhesKhabar

Leave a Comment