Madhes Khabar
खेलकुद

एसिया कप : भारतद्वारा पाकिस्तान ५ विकेटले पराजि

मधेसखबर

वीरगन्ज,१३ भदौं : एसिया कपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

दुबइमा भर्खरै सम्पन्न समुह चरणको पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराउदै भारतले विजयी सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरि पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९.४ बलमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।भारतका लागि विराट कोहलीले ३५ रन ,  रविन्द्र जडेजाले ३५ र  हार्दिक पांड्याले १७ बलमा अविजित ३३ रन बनाए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले  १९.५ बलमा अलआउट हुदै १४७ रन बनाएको थियो ।

एसिया कपमा पाकिस्तान विरुद्ध भारतको यो नवौं जित हो ।

Related posts

सन्दीप लामिछानेले विश्वकप गुमाउने, अमेरिकाले दिएन भिसा

MadhesKhabar

आयोजक एनआई कलेजले उचाल्यो अन्तर कलेज टि–२० क्रिकेटको उपाधि

MadhesKhabar

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी बाराले जित्याे

MadhesKhabar

Leave a Comment