Madhes Khabar
खेलकुद

सन्दीप लामिछानेले विश्वकप गुमाउने, अमेरिकाले दिएन भिसा

फाइल तस्बिर।

काठमाडौं,९जेष्ठ: क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट गुमाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्।

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा नपाएको जानकारी दिएका छन्। उनले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।

विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।साभारःअन्नपूर्णपोष्ट

Related posts

नेदरल्याण्डसंग नेपाल पराजित

MadhesKhabar

काँग्रेस नेता श्रेष्ठको पहलमा निर्मलवस्ती खेलमैदानमा प्याराफिट निर्माण

MadhesKhabar

सिरहालाई हराउँदै मछिन्द्र क्लब जीतवुरसिमरा गाेल्डकपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment