Madhes Khabar
खेलकुद

एसिया कप टी-२० क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने

फाइल तस्बिर ।

वीरगन्ज,१०असाेज:दुबईमा जारी एसिया कप टी-२० क्रिकेटको उपाधीका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्।बिहीबार बेलुकी भएको सुपर फाेर अन्तर्गतकाे खेलमा बंगलादेशलाई हराएको पाकिस्तानले भारतसंगकाे उपाधि भिडन्त पक्का गरेकाे हाे ।भारत डिफेन्डिङ च्याम्पियन पनि हाे।

 

जारी प्रतियोगितामै लीग चरण र सुपर फाेरमा गरि भारतसंग दुबै खेलमा पराजित भएको पाकिस्तानले अन्तत फाइनलमा फेरि भारतसंगै खेल्ने भएको छ।भारत र पाकिस्तानबीचकाे खेल दुवईमा आगामी आइतबार हुनेछ।एसिया कप क्रिकेटकाे फाइनलमा भारत र पाकिस्तान बीचकाे भिडन्त ४१ वर्षपछि फेरि हुन लागेकाे हाे।

 

बिहीबारकाे खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले हराएको हाे।१३६ रनकाे लक्ष्य पछ्याएकाे बंगलादेशले पूरा २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्याे ।

 

यसअघि पहिले ब्याटिङ गरेकोे पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियाे।

यसैबीच आज(शुक्रबार ) फाइनलमा एक खेल अगावै पुगिसकेको भारत र प्रतियोगिताबाट बाहिरिइसकेकाे श्रीलंका बीच खेल हुनेछ।यी दुईबीचकाे खेल बेलुकी ८:१५ बजेदेखि सुरु हुनेछ।

Related posts

भारत ४६ रनमै अलआउट

MadhesKhabar

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल यु-१९ विश्वकपकाे सुपर सिक्समा

MadhesKhabar

वीरगन्जलाई पाखा लगाउँदै काठमाडौं अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलको फाइनलमा

MadhesKhabar

Leave a Comment