Madhes Khabar
स्वास्थ्य

थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, ०६ भदौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३ सय ८१ ज्नाको पीसीआर परीक्षणमा ४ सय ५ जना र ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षणमा २ सय ५३ जना गरी ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मात्र मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् ।यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या अहिले सम्म ११ लाख ४४ हजार ९ सय ४० पुगेको छ ।

 

Related posts

सशस्त्र प्रहरीद्वारा वीरगन्जमा आयाेजित निःशुल्क आँखा शिविरबाट ७८ जना लाभान्वित

MadhesKhabar

जानकीटाेलमा आयाेजित शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण

MadhesKhabar

सखुवा प्रसौनीको कटैया स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम सुरु

MadhesKhabar

Leave a Comment