वीरगन्ज,२४पुस:सशस्त्र प्रहरी बलकाे २५औँ स्थापना दिवसमा पर्सामा सशस्त्र प्रहरीद्वारा आयाेजित नि:शुल्क आँखा जाँच शिविरबाट ७८ जना लाभान्वित भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्साले सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा वीरगन्ज-१ छपकैयामा बिहीबार नि:शुल्क आँखा शिविर आयाेजना गरेकाे हाे ।
छपकैयाकाे बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमाबासीलाई सहयोग पुर्याउने उद्देश्यले तीलगंगा आँखा प्रतिष्ठान काठमाडौं वीरगन्ज सामुदायिक आँखा हस्पिटल र लक्ष्मी सनराइज बैँक बीरगन्जसँगको सहकार्यमा आयोजित उक्त शिविरबाट ७८ जनाकाे आँखा जाँच गरिएको हो ।
शिविरमा ७८ जना स्थानीय बासिन्दालको आँखा परीक्षणसँगै उपचार गरिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब विश्वराज योन्जनले जानकारी दिए । सशस्त्र प्रहरीले सीमाबासीको समस्या र पीडा कम गर्न यस वर्षदेखि ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ सन्चालन गरिरहेको उनले बताए ।

