Madhes Khabar
स्वास्थ्य

सखुवा प्रसौनीको कटैया स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम सुरु

वीरगन्ज,१२चैतः पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ कटैयामा रहेको स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम थालिएको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त ३९ लाख रुपैयाँँको लागतबाट स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम थालिएको हो । सोमबार सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले शिलान्यास गरेका छन् ।

यादवका अनुसार, मन्त्रालयबाट प्राप्त ३९ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवनको तल्ला थप्ने काम सुरु गरिएको हो । भवनको माथिल्लो तल्लामा आकस्मिक कक्ष सञ्चालनका लागि एउटा ठूलो कोठा तथा शौचालय निर्माण गर्न लागिएको अध्यक्ष यादवले बताए ।

भ्वनको तल्ला थपिएपछि स्वास्थ्य चौकीबाट सेवा विस्तारसंगै सेवा प्रवाहमा अझ सहजता हुने र त्यसबाट बिरामी र सेवाग्राही थप लाभान्वित हुने अध्यक्ष यादवले बताए ।

Related posts

हरेक वडाको सार्वजनिक स्थानहरुमा सरकारी धारा जडान गर्दै वीरगन्ज महानगर

MadhesKhabar

नरायणी अस्पतालका डाक्टर र नर्सहरुको आन्दोलनप्रति चिकित्सक संघले पनि जनायो ऐक्यबद्धता

MadhesKhabar

नारायणी अस्पतालमा अबको ३ महिनामा किड्नी ट्रान्सप्लान्ट सेवा सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

MadhesKhabar

Leave a Comment