Madhes Khabar
स्वास्थ्य

सखुवा प्रसौनीको कटैया स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम सुरु

वीरगन्ज,१२चैतः पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ कटैयामा रहेको स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम थालिएको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त ३९ लाख रुपैयाँँको लागतबाट स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम थालिएको हो । सोमबार सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले शिलान्यास गरेका छन् ।

यादवका अनुसार, मन्त्रालयबाट प्राप्त ३९ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवनको तल्ला थप्ने काम सुरु गरिएको हो । भवनको माथिल्लो तल्लामा आकस्मिक कक्ष सञ्चालनका लागि एउटा ठूलो कोठा तथा शौचालय निर्माण गर्न लागिएको अध्यक्ष यादवले बताए ।

भ्वनको तल्ला थपिएपछि स्वास्थ्य चौकीबाट सेवा विस्तारसंगै सेवा प्रवाहमा अझ सहजता हुने र त्यसबाट बिरामी र सेवाग्राही थप लाभान्वित हुने अध्यक्ष यादवले बताए ।

Related posts

वीरगन्ज महानगरमा पनि मेयर सिंह आँफैले खोप सेवन गरेर सुरु गरे `हैजाविरुद्धको खोप अभियान´

MadhesKhabar

वीरगन्जका मेयर सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

MadhesKhabar

साउन महिनामा कस्तो खाना उपयुक्त ?

MadhesKhabar

Leave a Comment