Madhes Khabar
समाचार

वीरगञ्जको कुम्हालटोलमा रक्तदान कार्यक्रम सम्पन्न


मधेसखबर
वीरगञ्ज , साउन २८ गते । कुम्हालटोल युवा समुहले वीरगञ्जमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कुम्हालटोल वडा नम्बर ५ मा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३३ जनाले रगतदान गरेको रक्तसंचार केन्द्र वीरगञ्जमा प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रगतदान गर्नेहरुमा संगीता खड्की , प्रदीप चौरसिया , सकिल अखतर , विकास महतो कुर्मी ,वृजेश भगत ,प्रिती सिँह ,अर्चना सिँह , संतोष ठाकुर ,विकास श्रीवास्तव लगायतका रहेका छन् ।

संस्थाका संयोजक राजु साहको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडाअध्यक्ष प्रदिप चौरसिया, बिशिष्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यसमिति सदस्य नवनित अग्रवालले रक्तदान गर्ने रक्तदाताहरुलाइ प्रमाण पत्र प्रदान गर्दै शुभकामना दिएका हुन् ।


कार्यक्रममा सन्चारकर्मी लालबाबु सिह, रेशमकोटी उपशाखाका सभापति, भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तव, बिजय ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राबिधिक दिलमाया घिमिरेको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।

Related posts

जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

MadhesKhabar

मधेस प्रदेशका पूर्वसांसदसहित २ जना अदालतमा धरौटी बुझाएर रिहा

MadhesKhabar

प्लास्टिकले जलवायु परिवर्तनमा भयावह असर पार्दै तर व्यवस्थापन गर्न सके त्यसबाट आम्दानी समेत हुने

MadhesKhabar

Leave a Comment