Madhes Khabar
राजनीति हेडलाइन

अन्तरघातको विषयलाइ लिएर पर्साका काँग्रेसीहरु बिच आरोप प्रत्यारोपको दोहोरी

मधेसखबर
वीरगन्ज ,२२ साउन : स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे २ महिना पछि पर्सामा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु बिच चुनावमा पार्टीलाइ घातअन्तरघात गरेको विषयलाइ लिएर आरोप प्रत्यरोपको दोहोरी चल्न थालेको छ ।

नेपाली काँग्रेस पर्साले चुनावमा पार्टीलाइ अन्तरघात गरेको भन्दै काँग्रेसका पूर्व जिल्ला सहसचिव एंव युवा नेता रोशन लामिछानेलाइ कारबाहीको स्पष्टीकरण सोधेपछि जिल्लाका नेता कार्यकर्ताहरु बिच त्यहि विषयलाइ लिएर सामाजिक सन्जालमा आरोप प्रत्यरोपको दोहोरी चलिरहेको हो ।

गत स्थानीय निर्वाचनमा वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का काँग्रेसका वडा अध्यक्ष र सदस्यका उम्मेदवार र पार्टी विरुद्ध प्रचार प्रसार गरेको उजुरी परेको भन्दै लामिछानेलाइ काँग्रेसको जिल्ला अनुशासन समितिका संयोजक रमेश पाण्डेले स्पष्टिकरण दिन पत्र काटेका छन् ।

उक्त स्पष्टीकारण पत्र , आफुलाइ हातमा उपलब्ध नगराइएको र विद्युतीय माध्यम (ह्वाट्स अप) बाट मोबाइलमा पठाइएको भनेर असन्तुष्टि जनाउदै लामिछानेले शनिबार बेलुकी सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै पत्रको जवाफ पनि विद्युतीय माध्यमबाटै दिने प्रतिक्रिया सहितको पोष्ट फेसबुकमा लेखेका थिए । त्यहि अनुरुप आइतबार बिहान लामिछानेले आफनो स्पष्टीकरण सहितको जवाफ फेसबुक मार्फत नै पार्टीलाइ दिएका छन् ।

लामिछानेले जवाफमा लेखेका छन् : नेपाली काँग्रेसको विधान २०१७ संशोधन सहितको धारा ३४ को दफा ४ को ख , ग , घ र ङ को विधान विपरित जिल्ला अनुशासन समिति पर्साले आफु खुशी व्याख्या गरि एकपक्षीय मनोमानी ढंगले आरोपै ठहर गरेर गलत आशयले पत्र पठाएकोमा पुन खेद व्यक्त गर्दै पार्टीको विधानमा भएको व्यवस्था अनुसार पार्टी विरुद्धको कृयाकलाप स्पष्टताका साथ किटान गरि पुन पत्र पठाउन अनुरोध गर्दछु ।

अनुसाशन समितिको कारबाहीको स्पष्टिकरण पत्र र त्यसको जवाफमा लामिछानले फेसबुकमा पोष्ट गरेको जवाफको विषयलाइ लिएर काँग्रेस पर्साका नेता कार्यकर्ताहरुले फेसबुकमै आरोप प्रत्यरोपको दोहोरी खेलेका छन् ।लामिछाने , संस्थापन इतर पक्षका हुन् भने काँग्रेसको जिल्ला कार्य समिति भने संस्थापन पक्षको हो । त्यहि कारण फेसबुुुकमा अहिले आरोप प्रत्यरोपको दोहोरी छताछुल्ल भइरहेको हो ।

संस्थापन इतर पक्षका नेता कार्यकर्ताहरुले गुट उपुगटको पुवाग्रह राखेर अनुशासन समितिले लामिछाने जस्तो पार्टीको सच्चा र इमान्दार सिपाही माथि अन्तरघातको झुठा आरोप लगाउदै पार्टीको विधान विपरित विद्युतीय माध्यमबाट पत्र पठाएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । यस्तो कार्यले पार्टीको संगठन झन कमजोर हुने र इमान्दार नेता कार्यकर्ताको मनोबल खस्काउने काम गरिरहेको पनि उनिहरुको तर्क छ ।

तर संस्थापन पक्षका नेता कार्यकर्ताले भने पार्टीले सोधेको स्पष्टीकरण पत्रको जवाफ दिनुको सट्टा लामिछानेले पार्टीलाइ कमजोर र बदनाम गराउने गरि स्पष्टीकरण पत्र सामाजिक सन्जाालमा सार्वजनिक गरेर थप अनुशासनहिन काम गरेको प्रतिक्रियाहरु फेसबुक मार्फत दिएका छन् ।उनिहरुले पार्टीको आन्तरिक विषय भएकाले आफना असन्तुष्टि भए वा केहि मतभेद भए त्यो पार्टी भित्रै राख्नु पर्नेमा लामिछानेले भने त्यसलाइ सामाजिक सन्जालमा छछताछुल्ल पारेर पार्टीलाइ नै कमजोर बनााउने गतिविधी गरिरहेको आरोप पनि लगाएका छन् ।

Related posts

घडिअर्वाको रामजानकी मन्दिर फेरि पूजारीको कब्जामा पर्न नदिन स्थानीयबासी एकजुट,तदर्थ समिति गठन

MadhesKhabar

कांग्रेसमा रुपान्तरण पक्षधर नेताहरुले वीरगन्ज आएर भने : नेतृत्व सच्चिएन भने परिवर्तन गर्छाै

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने प्रचण्डको वचन

MadhesKhabar

Leave a Comment