Madhes Khabar
स्थानिय

जगरनाथपुरमा तीन करोडको लागतमा निर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन

मधेसखबर
वीरगन्ज, २१ साउन : पर्साको जगरनाथपूर गाउँपालिका वडा नम्बर ६ बहुअरी परसौनीमा नव निर्मित कालोपत्रे सडकको शनिबार उद्घाटन गरिएको छ ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एंव जनता समाजबादी पार्टी (जसपा) का केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले उक्त सडकको उद्धघाटन गरेका हुन् । बहुअरी प्रसौनी गाँउमा करिब तीन करोड रुपैयाको लागतमा १ किलो मिटर कालोपत्रे सडक निर्माण गरिएको हो ।

शनिबारको उद्धघाटन कार्यक्रममा प्रदेशसभा सदस्य मन्जुर अन्सारी ,जजसपाका केन्द्रीय राजनीतिक समिति सदस्य मोहनलाल चौधरी , जसपाका यूवा नेता शिव कुमार साह , नेपाल शिक्षाक महासंघ पर्साका सह–अध्यक्ष भरत गिरी , शिक्षक मुकलेश गद्दी लगायतको पनि सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा इजी इट्सले मनायो तेस्रो वार्षिकोत्सव

MadhesKhabar

वीरगन्ज महानगरको नगरसभा असार ८ देखि १० सम्म

MadhesKhabar

पर्सामा अतिक्रमणमा परेको वनको जग्गा फिर्ता गरेर वृक्षारोपण

MadhesKhabar

Leave a Comment