Madhes Khabar
स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि


मधेसखबर
वीरगञ्ज ,साउन १९ : बिहीवार थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ ।

५ हजार ९ सय २६ जनाको गरीएको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।

५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६१३ पुगेको छ ।

Related posts

सशस्त्र प्रहरीद्वारा वीरगन्जमा आयाेजित निःशुल्क आँखा शिविरबाट ७८ जना लाभान्वित

MadhesKhabar

क्लिनिकमा डाक्टरले लिने फि बढाइयो, ९४० रुपैयाँसम्म लिन पाउने

MadhesKhabar

मधेस सरकारले शहीद परिवारको स्वास्थ्य बीमा गर्ने

MadhesKhabar

Leave a Comment