Madhes Khabar
शिक्षा

कक्षा ११ मा साउन मसान्त सम्म भर्ना लिन परीक्षा बोर्डको निर्देशन

मधेसखबर
वीरगन्ज, १८ साउन : राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्त सम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने व्यवस्था मिलाउन विद्यालय तथा शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गरेर छोटो समय मात्र म्याद राखेर भर्ना आह्वान गर्दा दुर्गम क्षेत्रका विद्यार्थी आवेदन दिने अवसरबाट वन्चित हुने जनाएको छ । यस्ता गुनासा राष्ट्रिय परीक्षा बोर्डलाई प्राप्त भएको सूचनामा उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहरुलाई कक्षा ११ को भर्नामा समन्वय र सहजीकरण गरी कक्षा सञ्चालनलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सूचनामा भनिएको छ, ‘एसईईको नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउनु हुन सूचित गरिन्छ ।’

साउन ११ गते एसईईको नतिजा सार्वजनिक गरिएको थियो । कतिपय विद्यालय र शिक्षणसंस्थाले प्रि–रजिस्ट्रेसनको नाममा विद्यार्थी भर्ना गरिसकेका छन् भने कतिपयले आवेदन दिने म्याद सकिएको भन्दै प्रवेश परीक्षा सञ्चालन गरिरहेका छन् ।

Related posts

परिक्षा केन्द्र अन्त सरेपछि ठाकुरराम क्याम्पसका विधार्थीहरु आन्दोलित

MadhesKhabar

वीरगन्जमा आयाेजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बारा प्रथम

MadhesKhabar

सरकारी विद्यालयमा महानगरको निरन्तर अनुगमन, फेरि १३ शिक्षकसँग स्पष्टिकरण माग

MadhesKhabar

Leave a Comment