Madhes Khabar
शिक्षा

परिक्षा केन्द्र अन्त सरेपछि ठाकुरराम क्याम्पसका विधार्थीहरु आन्दोलित

वीरगन्ज।३बैशाख : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारामा परेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । मंगलवारदेखि सुरु हुने बिएड प्रथम वर्ष र बुधवारदेखि हुने बिबिएस प्रथम वर्षको परीक्षाको केन्द्र बाराको कलैया र सिमरामा परेपछि विद्यार्थीहरुले आइतबार ठाकुरराम क्याम्पसको परीक्षा शाखामा तालाबन्दी गरि क्याम्पस प्रशासनका विरुद्धमा नाराबाजी गरेका छन् ।

बिबिएस र बिएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैयास्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि प्रथम वर्षका विद्यार्थीहरुले विरोध गरेको अखिल क्रान्तिकारी पर्साका अध्यक्ष मिरोज अहमदले जानकारी दिए ।

पर्सा जिल्लाकै कुनै पनि कलेजमा परीक्षा केन्द्र राखेपछि मात्रै परीक्षा दिने विद्यार्थीहरुको अडान छ । विद्यार्थीहरुले प्रवेश पत्र वितरणमा पनि रोक लगाएका छन् । ‘क्याम्पस प्रशासन मुर्दावाद’ का नारा लगाउँदै उनीहरुले क्याम्पस प्रमुख लगायत क्याम्पसका कुनै पनि सम्बन्धीत व्यक्तिले चासो नदिएको भन्दै आपत्ती जनाएका छन् ।

यता क्याम्पस प्रमुख डा. उमेश चौरसियासंग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।

Related posts

कक्षा १२ को परिक्षा दिएका विद्यार्थीका लागि एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम हुदैं

MadhesKhabar

पर्साको बिन्दवासिनी गाँउपालिकाका विधालयहरु १ महिनाका लागि बन्द

MadhesKhabar

वीरगन्जको सरकारी विद्यालयमा डाबर नेपालले दियो बेन्च र चापाकल

MadhesKhabar

Leave a Comment