Madhes Khabar
स्वास्थ्य

थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

मधेसखबर
वीरगञ्ज , साउन १७ – नेपालमा मंगलबार थप ८१४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७६२ पीसीआर र २ हजार ६५३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार गरीएको पीसीआर परीक्षणबाट ५०९ र एन्टिजेन परीक्षणबाट ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १४४ जना पुगेको छ ।

२४ घण्टामा निको हुनेको संख्या २९९ रहेको छ । सोमबार ८९५ जनामा संक्रमण देखिएको थियो ।

 

 

Related posts

सखुवा प्रसौनीमा पोषणमैत्री स्थानीय प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन

MadhesKhabar

वीरगन्ज आएका कांग्रेस महामन्त्री गगन थापाले भने : हैजाको भ्याक्सिन लगाउन सक्दो पहल गर्छु

MadhesKhabar

Leave a Comment