Madhes Khabar
लुम्बिनी प्रदेश

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु

मधेसखबर
वीरगन्ज, १७ साउन : दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।

करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।

 

प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो ।

बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ । साभार :अनलाइनखबर

Related posts

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

लज्जास्पद हार भन्दै लोसपाका नेताले दिए राजिनामा

MadhesKhabar

पाल्पामा स्कार्पियाे जीप दुर्घटना हुदाँ एकै परिवारका ६ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment